२५ चैत्र २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा र नेपाल प्रहरी नायव निरीक्षकको कमाण्डमा उद्धार टोली त्यहाँ पुगेको हो।

अहिले शव संकलन गरिरहेको घटनास्थलमै रहेका बाग्लुङका एकजना युवा विशाल मगरले जानकारी दिए।

‘स्थानीय पनि १२/१३ जना जम्मा भइसकेका छन्। अहिले हिँड्दै प्रहरीको टोली पनि आइपुग्यो। हेलिकप्टर आउन सक्ने अवस्था छैन। पूरै कुहिरो लागेको छ, यहाँ शव संकलन भइरहेको छ’, विशालले नेपालखबरसँग भने।

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको नाइन एन एटीई जहाज सोमबार बिहान दुर्घटनाग्रस्त भेटिएको थियो।

उक्त जहाजलाई यार्सा टिप्न गएको टोलीले फेला पारेको थियो। उनीहरुले घटनास्थलमा पुगेर तस्बिरसहित पठाएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको हो।

सुरुमा ३ जना सेनाको टोली हेलिकोप्टरबाट त्यहाँ पुगेको थियो। त्यसपछि ४ जना शेर्पाहरुको उद्धार टोली त्यहाँ पुगेर उद्धार थाल्यो।

अहिले शव एकै ठाउँमा जम्मा पार्ने काम भइरहेको मगरले बताए। भिरालो स्थान भएकाले शव संकलनमा पनि कठिनाइ भइरहेको छ।

दुर्घटना भएको विमानमा १३ नेपाली, ४ भारतीय र २ जना जर्मन नागरिक सवार थिए। जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा उडाइएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]