२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

बेपत्ता तारा एयरको विमानमा धनुषा जिल्लाका एकै परिवारका सातजना रहेको पुष्टि भएको छ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नं. ११ तुल्सी पाटोका एकै परिवारका सातजना रहेको खुलेको हो। उनीहरु तीर्थ यात्राका लागि गएका थिए।

स्थानीय राजन कुमार गोलेका परिवार र आफन्तसहित ७ जना छन्। गोले नेकपा एकीकृत समाजवादीका धनुषा जिल्ला सदस्य हुन्।

विमानमा गाेलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ थिए।

उनीहरु मुक्तिनाथ दर्शनका लागि हिँडेका थिए। शुक्रबार घरबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका उनीहरु शनिबार पोखरा पुगेका थिए। आज बिहानै तारा एयरको विमानबाट मुक्तिनाथ दर्शनका लागि हिँडेको परिवारजनले जनाएको छ।

उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरू सवार थिए।

एकै परिवारका सात जना सवार विमान बेपत्ता भएको खबरले परिवारसहित गाउँले चिन्तामा डुबेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]