२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १६, २०७९

काठमाडौँ – उदयपुरको कटारी नगरपालिकाको भदौरेस्थित चनौटे खोलानजिक सवारी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

ईटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बासुदेव खतिवडाका अनुसार सोमबार बिहान ट्रक दुर्घटनामा चारजना पुरूषको मृत्यु भएको हो।

ट्राफिक प्रहरी प्रमुख खतिवडाले सोलुखुम्बुस्थित मिक्लु सोलु हाईड्रोको लागि हेटौँडाबाट आवश्यक निर्माण सामाग्री सिमेन्ट लैजाने क्रममा ना.८ ख ८२९७ नम्बरको लोबेड ट्रक दुर्घटनामा परेको जानकारी दिए।

स‍ोमबार बिहान करिब अढाइ बजेतिर कुदिरहेको ट्रकका चालक निदाउँदा अनियन्त्रित भएर ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए।

यसक्रममा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु खतिवडाले जानकारी दिए।

हाल घटनास्थबाट शव निकालेर पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको उनको भनाई छ।

घटनास्थलमा उद्धारका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]