
जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
शुक्रबार साँझ वडा नं १ को आफ्नो घरबाट वडा नं ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर मैनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए ।