२३ माघ २०८२, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १४, २०७९

शुक्रबार मात्रै हरिवनको ७, ८ र ११ नम्बर वडामा गरेर करिब १० जनालाई छाडा कुकुरले टोकेको छ। त्यसरी टोक्दै हिँड्ने कुकुर बहुलाएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्।

‘हिजो एकैदिन कुकुरले टोकेका धेरै बिरामी उपचारको लागि यहाँ आउनु भयो। केही बालबालिकालाई घाँटीभन्दा माथिको भागमा टोकेको पाइयो,’ डा.यादवले भने, ‘घाँटीभन्दा माथिको भागमा बहुलाहा कुकुरले टोक्यो भने खतरा बढी हुन्छ। त्यस्ता बिरामीलाई उपचारको लागि तुरुन्तै काठमाडौं रिफर गरेका छौँ।’

हरिवन ८, बेताली घर भएका तारानाथ पोखरेलका पाँच वर्षीय छोरा श्रेयानलाई शुक्रबार साँझ घरको आँगनमै खेलिरहेको बेला कुकुरले टोकेको छ। कान, गर्घनसहित घाँटी भन्दा माथिल्लो भागमा कुकुरले टोकेको कारण उनलाई राति नै उपचारको लागि काठमाडौं लगिएको छ।

हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले कुकुरले टोकेका बिरामीलाई उपचारको व्यवस्था मिलाइने बताए। ‘कुकुरले टोकेका पीडितले सम्पर्क गर्नुहोला। हामी उपचारको व्यवस्था मिलाउने छौँ,’ बुढाथोकीले भने। उनले हरिवनमा खिच्चा कुकुर नियन्त्रणको लागि नगरपालिकाले पहल गर्ने पनि बताए।

हरिवन- ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले कुकुरले टोकेका धेरैजना बिरामी आफ्नो सम्पर्कमा आएको बताए। उनले तत्कालको लागि कुकुरले टोेकेका बिरामीलाई उपचारको व्यवस्था मिलाइने र दीर्घकालिन रुपमा छाडा कुकुर नियन्त्रणको पहल गरिने जानकारी दिए।

हरिवन- ८ का केही किसानका खसी, बाख्रा र कुखुरा पनि छाडा कुकुरले टोकेर मारेको छ। समूहमा हिँड्ने त्यस्ता कुकुरले पशुचौपायालाई बाँधेकै ठाउँमा गएर आक्रमण गर्ने गरेको किसानहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]