२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ११, २०७९

नयाँ दिल्ली – भारत सरकारले यसै जुन महिनादेखि अक्टोबरसम्म चिनीको निर्यातलाई सीमित गर्ने घोषणा गरेको छ । घरेलु मूल्यवृद्धि कम गर्नका लागि यस्तो नीति अपनाउन लागेको बताइएको छ ।

रिपोर्टका अनुसार सरकारले सबै व्यापारीहरुलाई जुन १ देखि अक्टोबर ३१ का बीच चिनीको विदेशी कारोबार सम्बन्धी अनुमति सुनिश्चित गराउन भनिसकेको छ ।

घरेलु बजारमा चिनीको उपलब्धता बढाउन र मूल्यलाई नियन्त्रित गराउन यस्तो कदम उठाउन लागिएको इकोनोमिक टाइम्सले जनाएको छ ।

यसमा पूर्ण प्रतिबन्ध नभएर चिनीको निर्यात् सीमित गराउने जनाइएको छ । घरेलु उपलब्धता र स्थिर मूल्यलाई कायम राख्नुपर्ने बताइएको छ ।

यी बन्देजहरु अमेरिका र युरोपेली युनियनमा हुने चिनी निर्यातमा चाहिँ लागू नहुने बताइएको छ ।

यसरी ६ वर्षमा पहिलोपटक भारतले चिनीको निर्यात सीमित गराउन लागेको हो । भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक हो जसकारण यसको प्रभाव विश्वव्यापी रहने बताइएको छ ।

युक्रेनमा जारी युद्धपश्चात् विश्वभर विभिन्न मुलुकहरुले खाद्यान्न निर्यातमा कडाइ अपनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]