
झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरू म्यादी प्रहरी रहेको खुलेको छ। उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए।
उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन।
बुधबार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १-०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।