१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १४, २०७७

कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका-१, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो ।

आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

डीएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नं. ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।

तिलागुफा नगरपालिका-३, का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिका ३५ वर्षीय पन्न शाहीको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारा भैरहेको छ ।

पहिरोले घर पुर्दा कोही बेपत्ता भए नभएको भने खुलेको छैन । १३/१४ जना घरमै पुरिएको अनुमान गरिएको डीएसपी तिम्सिनाले बताए ।

घटनास्थलमा कालीकोट र जुम्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]