
सिन्धुली गोलन्जोरका १८ वर्षीय डोरबहादुर खपांगीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान कायम गरेका छन्।
खपांगीको उचाइ ७३.४३ सेन्टिमिटर (२ फिट ४.९ इन्च) मात्रै छ। खपांगीले संसारकै होचा किशोर (टीनएजर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन्।
उनलाई पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरेका छन्।
उनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ, ‘संसारको सबैभन्दा होचो टिनएजर (पुरुष) डोरबहादु खपांगी (१४ नोभेम्बर २००४ जन्म) जसको उचाइ ७३.४३ सेमि छ।’
यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो। उनको उचाइ ६१.९५ सेमी थियो।