१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १०, २०७९

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सेवा दिन भैरहवामै वैदेशिक रोजगार कार्यालय खुल्ने भएको छ । श्रम स्वीकृतिका प्रक्रिया पूरा गर्ने जिम्मेवारीसहित जेठ महिनाभित्रै भैरहवामै वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने तयारी भएको हो ।

विमानस्थलमा कुवेतबाट जजिरा एयरलाइन्सले नियमित उडान सुरु गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालयसहित म्यानपावर कम्पनिका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठभित्रै भैरहवामा सञ्चालनको तयारी गरिएको बताए ।

स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी सहित सरोकारवलाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सवै प्रकृया भैरहवाबाटै पुरा हुनुपर्ने माग गर्दै आएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्ष स्थापना भइसकेको छ । विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखिने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिने मन्त्रालयको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]