२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १०, २०७९

चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनामा विदेशबाट १६ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउद–चैत अवधिमा १६ खर्बभन्दा बढीको वस्तु आयात भएको हो । गत आर्थिक वर्ष २०७७/७८ को १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । जुन, चालू वर्षको १० महिनाको तुलनामा २५.९५ प्रतिशतले कम हो । यसको अर्थ यो वर्षको यस अवधिमा करिब २८ प्रतिशतले आयात बढेको छ ।

यसैगरी, विभागका अनुसार यस अवधिमा नेपालबाट १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा ५९.८० प्रतिशतले बढी हो । गत वर्षको १० महिनामा नेपालबाट विदेशतर्फ १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

चालू वर्षमा आयात निर्यातसँगै व्यापारघाटा पनि बढेको छ । नेपालको निर्यातको तुलनामा आयात तीव्र हुँदा व्यापारघाटा झनै चुलिएको हो । चालू वर्षमा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ व्यापार घाटा भएको छ । जुन, गत वर्षको तुलनामा २४.९४ प्रतिशत वृद्धि हो । गत वर्ष १० महिनासम्मको वैदेशिक व्यापारबाट नेपालले ११ खर्ब ४५ अर्ब रुपैयाँ व्यापारघाटा ब्यहोरेको थियो ।

यद्यपी, यस अवधिसम्म भएको आयात नेपाल सरकारले नियन्त्रण गरेपछिको परिमाण हो । आयात अनियन्त्रित गतिमा अघि बढेपछि सरकारले १० वटा वस्तुको सूची सार्वजनिक गर्दै आयात प्रतिबन्ध लगाएको थियो । सरकारले आयात प्रतिबन्ध लगाउँदै १० वस्तुको सूची सार्वजनिक गरेपछि आयात केही नियन्त्रणमा आएको विभागले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]