
पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला काठमाडौंको केन्द्रमै रहेको क्याम्पसकी छात्रा बलात्कृृत भएको घटना सार्वजनिक भएको छ ।
सेन्ट लरेन्स कलेज चाबहिलका शिक्षकमाथि विद्यार्थी बलात्कारको आरोप लागेको छ । शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
सोही कलेजकी एक छात्रालाई क्याम्पसमा पढाउने शिक्षकले बलात्कार गरेको भन्दै ती शिक्षकलाई विद्यार्थीले कारवाहीको माग गरेका छन् । उनीहरूले पठनपाठन अवरुद्घ गरेर क्याम्पस परिसरमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले बलात्कारीलाई तत्काल नियन्त्रणमा लिएर कडा कारवाहीको माग गरेका छन् ।