२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १०, २०७९

ताप्लेजुङ — पाथीभरा दर्शन गरेर फर्किएकी झापाको बिर्तामोड नगरपालिका ५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार श्रीमान् विजय बराइली र माया पाथीभरा दर्शन गरेर फर्किएका थिए । सोमबार दिउँसो विजय एटीएममा पैसा निकाल्न बैंक गएको र फर्किंदा मृत भेटेपछि प्रहरीलाई खबर गरेको कार्कीले बताए । मायाका माइतीपक्षले आफूहरु आएपछि मात्रै शव उठाउन भनेकाले मंगलबार बिहानसम्म पनि शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

‘उहाँहरु (माइतीपक्ष) आएपछि शव उठाउँछौं,’ प्रवक्ता कार्कीले भने, ‘घटनास्थल र श्रीमान्को निगरानी प्रहरीले गरिरहेको छ ।’ घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]