
महेन्द्रनगर – कञ्चनपुरको पश्चिम तर्फ भारत संग जोडिएका सीमानाका चार दिनका लागी बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै भारतको चम्पावत जिल्लासँग जोडिएका सीमानाका बन्द हुने जनाएको हो ।
भारतको उत्तराखण्ड प्रदेश अन्तरगतको चम्पावत विधान सभा क्षेत्रनम्बर ५५ को उपनिर्वाचनका हुने भएकाले सीमा बन्द गरिन लागेको बताइएको छ । जेठ १७ गते हुने निर्वाचनका लागी गड्डाचौकी लगायतका नाका १४ गते बेलुकी ५ बजे देखि १७ गते ५ बजेसम्म बन्द रहने र सो अवधिमा नेपाल भारत आवतजावतका तथा अत्यावश्क सेवाका लागि भने अनुमति दिइने जनाइएको छ ।