२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

नुवाकोट — जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकाका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । शपथ लिनेमा विदुरका प्रमुख राजन श्रेष्ठ र बेलकोटगढीका जगतबहादुर गुरुङ छन् । उनीहरुलाई एक समारोहबीच सोमबार मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले शपथ खुवाएका थिए ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस नेता श्रेष्ठ १५ हजार ८२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार सन्जु पण्डितलाई ३ हजार ६७२ मतान्तरले पराजित गरेका हुन् । पराजित सन्जु पण्डितले १२ हजार १५४ मत ल्याएका थिए ।

यस्तै नेकपा (माओवादी केन्द्र)का नेता गुरुङ १३ हजार २२२ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार राजेन्द्र रमण खनाललाई ५ हजार ९४८ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्र रमण खनालले ७ हजार २७४ मत ल्याएका थिए ।

नुवाकोटमा दुई नगरपालिकासहित १२ स्थानीय तह रहेका छन् । १० वटा गाउँपालिका प्रमुखले यसअघि नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]