२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९
Sorry No Photo is selected hare

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन्। आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी नयाँ कडा कानुन ल्याउन माग गरेकी हुन्।

८ वर्षअघि मनोज पाण्डेले आफूलाई बलात्का गरेको भन्दै एक युवतीले भिडियो सार्वजनिक गरेपछि अहिले हदम्याद बारे सडकदेखि सदनसम्म चासो बढेको छ। प्रहरीले पाण्डेलाई पक्राउ गरि घटनाबारे अनुसन्धान गरिरहेको छ।

यसै सन्दर्भमा आजको बैठकमा नेकपा नेकपा माओवादी केन्द्रका मायाप्रसाद शर्माले विगतमा भएका बलात्कारका घटनाको छानविन गर्न कानुनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्ने माग गरिन्।

त्यसैगरि, राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटा, भगवती न्यौपाने लगायतले पनि बलात्कार र जघन्य अपराधमा हदम्याद हटाउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]