
सप्तरी – रुपनी गाउँपालिकामा आज निर्वाचन मा निर्वाचित भएका पदाधिकारीहरुको बिजय उत्सव मनाउन सार्वजनिक बिदा दिएका हुन् ।
गाउँकार्यपालिकाको कार्यालयले नवनिर्वाचित पदाधिकारीहरूको विजय उत्सव मनाउन भन्दै आज (सोमबार) का लागि सार्वजनिक बिदा दिएको हो।
रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादव आदेशानुसार सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय स्वास्थ्य संस्थाहरु लगायत सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीले बताएका छन्।
रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका थिए। अध्यक्षमा लोसपाका दिनेशकुमार यादवले निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवलाई ३ सय ३४ मतान्तरले पराजित गरेका थिए।
निर्वाचित अध्यक्ष दिनेशले ४ हजार २ सय ६९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हरेरामले ३ हजार ९ सय ३५ मत ल्याएका थिए। गउँपालिका उपाध्यक्षमा लोसपाकै पुष्पा श्रेष्ठ विजयी भएकी थिइन्। उनले पनि निवर्तमान उपाध्यक्ष बेचनीदेवी सरदारलाई ५६ मतले हराएकी थिइन्। उपाध्यक्ष लौगीले ३ हजार ७ सय १० मत ल्याएकी थिइन्। सरदारले ३ हजार ६ सय ५४ मत पाइन्।
यता भन्ने निर्वाचित गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले यो जित आफ्नो न भई जनताको रहेको ,र खुशी बाड्न पनि जनता नै हुनु पर्ने सोचले आज सार्वजनिक बिदा दिइएको जानकारी गराए ।