२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०९, २०७९

एजेन्सी – भारतको केरला र राजस्थान पछि, महाराष्ट्रले पेट्रोल र डिजेलमा भ्याट घटाएको छ । भारतको केन्द्र सरकारले अन्तःशुल्क घटाएपछि राज्यहरूले करमा छुट दिन थालेका छन् । केरला र राजस्थानपछि महाराष्ट्रले पेट्रोलमा २.०८ रुपैयाँ र डिजेलमा १।४४ रुपैयाँ भ्याट घटाएको छ।

राजस्थान सरकारले पनि पेट्रोलमा प्रतिलिटर २.४८ रुपैयाँ र डिजेलमा १.१६ रुपैयाँ प्रतिलिटर भ्याट घटाएको छ। अर्कोतर्फ अटो उद्योगको संस्था सियामले सिएनजीको मूल्य घटाउन सरकारसँग माग गरेको छ ।

केन्द्र सरकारले पेट्रोलमा आठ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ भारु अन्तःशुल्क घटाउने निर्णय गरेको छ । यसबाट पेट्रोल ९ रुपैयाँ ५० पैसा भारु र डिजेल प्रतिलिटर ७ रुपैयाँ भारु सस्तो हुनेछ । वित्तमन्त्री निर्मला सीतारमणले यो जानकारी दिएकी छिन् । नयाँ दरहरू आज राति १२ बजेदेखि लागू हुनेछन्।

यो राहतपछि अब दिल्लीमा पेट्रोलको भाउ १०५.४१ रुपैयाँ भारुको सट्टा ९५.९१ र डिजेलको सट्टा ९६.६७ मा ८९.६७ रुपैयाँ भारुको हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले जनतालाई मुद्रास्फीतिबाट राहत दिन राज्यहरूलाई अन्तःशुल्क घटाउन सल्लाह दिएका थिए।

हाल सरकारले पेट्रोलमा २७ रुपैयाँ ९० पैसा भारु र डिजेलमा २१ रुपैयाँ ८० रुपैयाँ भारु अन्तःशुल्क लिइरहेको छ । यो कटौतीपछि पेट्रोलमा १९ रुपैयाँ ९० पैसा भारु र डिजेलमा १५ रुपैयाँ ८० रुपैयाँ भारु अन्तःशुल्क लाग्नेछ ।

यसले देशभर पेट्रोल साढे ९ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ सस्तो हुने भएको छ । यसअघि गत मंसिर ३ गते पनि सरकारले पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा १० रुपैयाँ भारु अन्तःशुल्क घटाएको थियो ।

महाराष्ट्र, पश्चिम बंगाल, तमिलनाडु, तेलंगाना, आन्ध्र प्रदेश, केरला र झारखण्डले भ्याटबाट ११,९४५ करोड रुपैयाँ भारु कमाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]