
इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनलगायत सबै इन्धनको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १० रुपैयाँ बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८०, डिजेल एक सय ६३ रुपैयाँ भएको छ ।
हवाई इन्धनको मूल्य लिटरको एक सय ६६ रुपैयाँ पर्ने भएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढेको छ ।
अब ग्यासको मूल्य प्रति सिलिन्डर एक हजार आठ सय पुगेको छ ।
सातामै दुई पटक पेट्रोलियमको मूल्य बढेको हो ।