२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१० स्थित शिखर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो।

घटनामा परी भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो। सोही कार्यालयमा कार्यरत भरतपुर–७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो। उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा १ः४० बजे पूर्ण नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]