
सप्तरीको बिहुल बलान गाउँपालिकाकी मुनिर कला चौधरीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शनिबार विराटनगरको गेटवेल हस्पिटलमा उनले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन ।
२५ वर्षीया चौधरीले दुई छोरा र एक छोरीलाई एकैपटक जन्म दिएकी हुन । एउटा बच्चाको तौल २ केजी ५ सय ग्राम र दुई जनाको २ केजी ३५० ग्राम रहेको अस्पतालले जनाएको छ ।
डाक्टर तुलसी महतोको टोलीले शल्यक्रिया मार्फत सफल प्रशुती गराएको हस्पिटलका निर्देशक डाक्टर राजेन्द्र चौधरीले जानकारी दिए । आमा र तीनै जना बच्चाको स्वास्थ्य अवस्था ठिक रहेको उनले बताए ।