२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना विजयी भएका हुन् ।

मेयरमा निर्वाचित ओझाले १० हजार ४३४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याएर दोस्रो भए । नेकपा एमालेका लोकेन्द्रप्रसाद पन्तले ६ हजार ६ सय ७४ मत ल्याएर तेस्रो हुँदा नेकपा एकीकृत समाजवादीका सुरेन्द्रबहादुर बलमे ६ सय ७५ मत मात्रै प्राप्त गरे ।

उपमेयरमा निर्वाचित कांग्रेसकी रानाले ९ हजार ६७५ मत ल्याइन् । नेकपा एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत ल्याउँदा माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरिन् ।

मेयरमा निर्वाचित ओझा को हुन् ?

मेयरमा निर्वाचित हेमराज ओझा नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव हुन् । स्कुले जीवनदेखि नै उनी राजनीतिमा चासो राख्थे । सिद्धनाथ क्याम्पसमा पढ्दा उनी त्यहाँ स्ववीयु सदस्य पनि भए ।

२०५८ सालमा गाउँ समितिका सभापति भएका उनी कांग्रेसको १४ औं माहाधिवेशनबाट पार्टी सचिव भए ।सामाजीक कार्यमा समेत सक्रिय उनी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका कर्णबहादुर हमालसँग पराजित भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]