१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

दुई दिन बिदा दिन नसक्ने भन्दै विराटनगरमा खुले संस्थागत विद्यालय HH bajaj
विराटनगर । सरकारको निर्देशन अवज्ञा गर्दै प्रदेश नम्बर एकको राजधानी विराटनगरमा संस्थागत विद्यालयहरू खुलेका छन् ।
सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा हुने नियम यही हप्ताबाट कार्यान्वयन गरेको हो । तर, सरकारको निर्णय कार्यान्वयन नहुँदै संस्थागत विद्यालय खुलेका हुन् । विराटनगरसहित मोरङमा सामुदायिक विद्यालयहरू भने बन्द भएका छन् ।

संस्थागत विद्यालय महासंघ (प्याब्सन)ं की मोरङ अध्यक्ष शितला सुब्बाले अहिले भर्खरै नयाँ शैक्षिक सत्र शुरु भई विद्यालयमा भर्ना अभियान जारी रहेकोले पनि विद्यालयहरू खुलेको बताइन् । “अहिले विद्यार्थी भर्नाको समय हो त्यसैले पनि धेरै विद्यालय खुलेका हुन्,” सुब्बाले भनिन्, “सरकारले दिएको निर्देशन पालना नगर्ने भन्ने कुरा हुँदैन तर शैक्षिक क्षेत्रको विषयमा पूर्ण तयारी र योजना भने बनाइनुपर्छ ।”

 

विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडा बर्खे बिदा कटाएर पाठ्यक्रमअनुसार पढाउँदा पनि कोर्स पूरा नहुने अवस्था देखिएको बताउँछन् । ११ र १२ मा त अझ धेरै समस्या आउन सक्ने बताउँदै उनले भने,“ पाठ्यभार मिलाउन सकिँदैन ।

पाठ्यक्रम विकास केन्द्रले मिलाउनुपर्छ । के गर्ने भनेर प्रष्ट योजना नभई विद्यालयमा बिदा मिलान गर्न कठिन देखिएको छ ।” औपचारिक रूपमा विद्यालय पढाइ सञ्चालन गर्नु वा नगर्नु भनेर महानगर शिक्षा महाशाखाले नभएको उनले बताए । तर, पाठ्यभार पूरा हुँदैन भनेर पाठ्यक्रम विकास केन्द्रलाई लेखेर पठाउने तयारी गरेको उनले सुनाए ।

आइतबार छुट्टी दिएर तीस दिने बिदा कटाउँदा पनि पाठ्यभार पूरा हुँदैन भनेर विद्यालयका सञ्चालकले गुनासो गर्दै घण्टी पुरा हुन नसक्ने बताएका छन् । “दुई वर्ष कोरोनाले अस्तव्यस्त भएको छ । विद्यार्थीको हितमा के गर्ने भन्ने योजना माथिबाटै बन्नुपर्छ भन्ने छ,” खतिवडाले भने । शैक्षिक क्षेत्रमा दुई दिन बिदा मिलान गराउन कठिनाइ हुने विद्यालय सञ्चालकहरूले सुझाव दिएका छन् ।
“अहिलेको पाठ्यक्रमअनुसार पाठ्यभार कसरी पूरा हुन्छ भन्ने प्रस्ट नभई बिदा दिन सक्ने अवस्था छैन,” खतिवडाले भने, “अहिलेको विषयहरू राखेर पढाइ पूरा हुने अवस्था छैन । नहोला भन्ने नै देखिएको छ । बर्खे बिदा कटाउँदा पनि समस्या हुने देखिएको विद्यालयका सञ्चालकहरूको गुनासो छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]