२० मंसिर २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकामा २५ वर्षपछि एमालेले आफ्नो वर्चश्व गुमाउने अवस्थामा पुगेको छ । पोखरा महानगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयको नजिक पुगेका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट पोखरा महानगरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले फराकिलो अग्रता लिएका छन् ।

 

महानगर हुनु अघि पनि साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा एमालेले नै वर्चश्व कायम गर्दै आएको थियो । ती दुवै पालिका मिलाएर बनेको पोखरा महानगरमा अघिल्लो निर्वाचनमा एमाले नै विजयी भएको थियो ।

यस पटकको निर्वाचनमा नेकपा एमालेले आफ्नै पार्टीबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई कम आकलन गर्दा पोखरा महानगरको मेयर पदमा पराजय भोग्नुपर्ने अवस्था सिर्जना भएको छ । एमालेको किल्ला भनेर चिनिने पोखरा महानगरपालिकामा यो पटक माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले ब्यालेटमा शानदार सफलता हात पारेको देखिन्छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा ३३ वडामध्ये २२ वडामा विजय हासिल गरेको एमालेले यो पटकको निर्वाचनमा बढीमा १२ वटामात्र वडामा जित हासिल गर्ने अवस्था देखिएको छ । एमालेको गढ भनेर चिनिएको वडा नम्बर १३, २३, २४, २५, २६, २८ लगायतमा नेतृत्व गुमाएको एमालेले जितेको वडामा पनि मेयर पदमा एकीकृत समाजवादीका नेता धनराज आचार्यले बढी मत प्राप्त गरेका छन् ।

एमालेको गढ भनेर चिनिने कास्कीकोट, कालिका र बिरौटामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गर्दा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पराजय बेहोर्ने लगभग निश्चित भएको छ । उपप्रमुखमा भने एमालेकै मञ्जुदेवी गुरुङले जित्ने सम्भावना अत्यधिक छ ।

एमाले पार्टीको आन्तरिक किचलो र दुई गुटको झगडा सतहमा आउँदा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदमा जित हासिल गर्ने लगभग निश्चित भएको छ । उपप्रमुखमा भने नेपाली काँग्रेसले गठबन्धन घटककै माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई मिनिमाइज गर्न खोज्दा एमालेले नै जित्ने सम्भावना बढेर गएको छ ।

महानगरमा एमाले नेताहरु खगराज अधिकारी, पुष्पज्योति ढुङ्गाना, दिलिप न्यौपाने लगायतको वडामा पनि एमालेले आशातीत मत हासिल गर्न सकेन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]