२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४च २३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ।

आठजना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ। मृतक चारजना पुरुष रहेका छन्।

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एकजनाको उपचारका लागि काठमाडौँ पठाइएको छ। घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]