२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २२९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७७ चैतमा सूचीकृत कम्पनीको सङ्ख्या २१८ थियो । यस्तै सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १०.२ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्जमा २०७८ चैतसम्ममा सूचीकृत छ अर्ब ६८ करोड शेयर को चुक्ता मूल्य छ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । आव २०७८/७९ को नौ महिनासम्ममा ५४ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४९ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ४७ अर्ब ९६ करोड रुपैयाँ बराबरको बोनस शेयर , १८ अर्ब नौ करोड रुपैयाँ बराबरको साधारण शेयर , नौ अर्ब ३१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र तीन अर्ब ७५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल १८२ अर्ब ७६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले चार अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, तीन अर्ब ७९ करोड बराबरको साधारण शेयर , तीन अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र तीन अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड गरी कुल १५ अर्ब पाँच करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]