२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०८, २०७९

काठमाण्डौ – काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भइ मेघगर्जनसहित पानी परेको हो ।

मौसमविद् समिर श्रेष्ठका अनुसार आज वाग्मतीसहित गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही ठाउँमा मेघगर्जन, हावाहुरीसहित दिउँसो पनि पानी पर्ने सम्भावना छ । गएराति पनि काठमाण्डौसहित देशका केही ठाउँमा पानी परेको थियो ।

यस्तै, आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

प्रि-मनसुनको सुरुका महिना सुक्खा भए पनि गएको वैशाख महिनादेखि लगातारजसो मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । यसपालि मनसुनमा पनि औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]