२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

पहिलो पटक शुक्रबार नियमित सेयर कारोबार हुँदा एक अर्ब रूपैयाँको पनि सेयर खरिद-बिक्री हुन सकेन। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेसँगै पहिलो पटक शुक्रबार सेयर बजारमा नियमित कारोबार भएको हो।

शुक्रबार बजार खुलेकै कारण लगानीकर्ताहरू अभ्यस्त नभएका हुन् कि भन्ने आंकलन पनि गरिन थालेको छ। तर बजार लामो समयदेखि घटिरहेकोले पनि कारोबार घटेर एक अर्ब पनि नकटेको हुन सक्ने देखिन्छ।

शुक्रबार नेप्से १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा पुगेको छ। आज २२३ धितोपत्र तथा ऋणपत्रको २५ लाख २४ हजार २६८ सेयर किनबेच हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको कारोबार भएको हो।

अघिल्लो दिन पनि बजार २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा झरेको थियो। सो दिन २१९ धितोपत्र तथा ऋणपत्रको भने १ अर्ब ३० करोड रूपैयाँको कारोबार भएको थियो।

आज जम्मा ५१ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १४९ वटाको मूल्य घटेको हो। कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये म्युचल फन्डको बाहेक सबैको नकारात्मक देखिएको छ। म्युचल फन्डको पनि जम्मा ०.४६ प्रतिशतले बढेको हो। त्यस्तै सबैभन्दा धेरैले ट्रेडिङको २.३८ प्रतिशत र अन्यको २.०६ प्रतिशतले सेयर मूल्य घटेको छ।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावरको ३ करोड २ लाख ४५ हजार रूपैयाँको भएको छ। यसपछि हिमालयन डिस्टिलरीको २ करोड ८४ लाख ६० हजार रूपैयाँ, सांग्रिला विकास बैंक लिमिटेड प्रमोटर सेयरको २ करोड ७६ लाख १९ हजार रूपैयाँ, नेपाल रिइनस्योरेन्स कम्पनीको २ करोड ६९ लाख ९२ हजार रूपैयाँ र अपि पावरको २ करोड ६७ लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]