२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

विराटनगर – मोरङको रंगेलीमा मतगणना पुनः स्थगित भएको छ । वडा नं. ७ मा गणनाका क्रममा खसेकोभन्दा धेरै मत फेला परेपछि गणना रोकिएको हो ।

मतगणनाका क्रममा १०७ सात मत बढी भेटिएको र अहिले सबैतिरको गणना स्थगित भएको नेपाली कांग्रेसका नगरप्रमुख पदका उमेदवार मोदराज घिमिरेले बताए ।

उनकाअनुसार रंगेलीको वडा नं ७ को २,१३३ मतगणना भइसकेको थियो । गन्न बाँकी १,२१६ थियो । तर, ३,२४२ मत खसेकोमा जम्मा मत ३३४९ मत भेटिएपछि सबैतिरको गणना बन्द भएको घिमिरे बताए ।

यसअघि वडा नं. ८ को मतपेटिका फुटेको अवस्थामा फेला परेपछि गठबन्धन दलको विरोधका कारण तीन दिन गणना स्थगित भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफैँ रंगेली पुगेर दलहरुसँग छलफल गरी विवाद मिलाएपछि गणना शुरु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]