२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०६, २०७९

इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ। इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न मद्दत पुग्ने बताए।

युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ। प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब एक करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी सुरु गर्ने निर्णय गरेको बताए।

इण्डोनेसिया विश्वमा पाम तेलको सबैभन्दा ठूलो उत्पादक हो। तर केही महिनायता इण्डोनेसियामा खाद्य तेलको मूल्य पनि बढेको छ। इण्डोनेसियाले गत महिना घरेलु मूल्य घटाउन र यसको स्टक बढाउन पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

सरकारले पाम तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इन्डोनेसियाका धेरै सहरमा किसानहरुले प्रदर्शन गर्दै निर्यातमा प्रतिबन्ध हटाउन माग गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]