२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९

विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकामामा रोकिएको मतगणना पुनः सुरु भएको छ । बुधबार दिउँसोदेखि मतगणना रोकिएको थिो । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दलका प्रतिनिधिले विरोध गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरिएको जानकारी दिएको छ । अहिले वडा नम्बर ८, १२ र १९ को मतगणना भइरहेको छ । वडा नं. २० को मतगणना स्थगित गरी अरु वडाको गणना सुचारु भएको छ । २० नम्बर वडामा बुधबार १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन ।

 

यता, विराटनगर १२ मा पनि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना रोकिएको छ । ३२ सय २४ मत गणना हुँदा १३ वटा मतपत्र हस्ताक्षरविहीन भेटिएपछि एमालेका प्रतिनिधिले गणना बहिस्कार गरेका छन् । वडामा ६ हजार १४९ मत खसेको थियो ।

समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]