२४ माघ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०५, २०७९

यस वर्ष हिमाल आरोहणका क्रममा ४ जनाको मृत्यु भएको छ । विभिन्न मितिमा हिमाल आरोहण गर्न गएकाहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सगरमाथामा एक नेपाली सहयोगी र एक विदशी आरोहीको मृत्यु भएको हो । त्यस्तै कञ्चनजंघामा एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको मृत्यु भएको छ ।

उनीहरुको मृत्युबारे विस्तृत विवरण आइनसकेको उपाध्यायले बताए । यद्यपि संख्यात्मक हिसाबले यसवर्ष विगतमा भन्दा कम मानवीय क्षति भएको हो ।

‘यो वर्ष हिमालमा तुलनात्मक रुपमा कम मानवीय क्षति भएको छ,’ निर्देशक उपाध्यायले भने, ‘यसो हुनुमा फटाफट आरोहण हुनु र मौसमले पनि साथ दिनु हो ।’ यस वर्ष आरोहीहरुका लागि मौसम अनुकुल नै देखिएको उपाध्यायले बताए ।

उनका अनुसार अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको छ । केही टोली काठमाडौं फर्किएर पर्यटन विभागमा ब्रिफिङसमेत सकेका छन् । केही टोली भने आरोहणकै सिलसिलामा छन् ।

यो वर्ष कुल १ सय २३ समूहका ९ सय ६८ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका थिए । यसमध्ये ७ सय ५८ जना पुरुष र २ सय १० जना महिला थिए ।

यो वर्ष कुल २७ वटा हिमालमा आरोहण अनुमति जारी भएको थियो । यसमध्ये सगरमाथामा मात्र ४२ समूहका ३ सय १९ जनाले अनुमति लिएका थिए ।

पर्यटन विभागका अनुसार यो सिजनमा सरकारले ४८ करोड रुपैयाँ रोयल्टी संकलन गर्न सफल भएको छ । जसमध्ये सबैभन्दा धेरै ३९ करोड ९५ लाख रुपैयाँ रोयल्टी सगरमाथाबाट उठेको छ ।

ल्होत्से हिमालबाट दुई करोड ८४ लाख र कंचनजंगा हिमालबाट एक करोड ३० लाख रुपैयाँ रोयल्टी उठेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]