२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

रौतहट – वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा झडप भएपछि रद्द भएका रौतहटका २४ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । मतेपेटिका लुटपाट, मतपेटिका तोडफोड र झडपका कारण रद्द भएका ६ स्थानीय तहका मतदान केन्द्रहरुमा आज बिहानबाट मतदान भइरहेको हो ।

रौतहटको गरुडा नगरपालिकाको १, गढीमाई नगरपालिकाको ४, देवाही गोनाही नगरपालिकाको २, फतुवा विजयपुरका ४, बौधीमाई नगरपालिकाको ८ र यमुनामाई गाउँपालिकाको ५ मतदान स्थलमा मतदfन भइरहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रौतहटको फतुवा विजयपुर नगरपालिकामा झडप भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको थियो भने यमुनामाई गाउँपालिका-२ भेडियाही मावि मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर भागेका थिए ।

सबै मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]