१२ चैत्र २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०४, २०७९

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो । विभागका अनुसार नयाँ भाडादर बुधबारबाट लागू हुनेछ ।

सरकारले विद्यमान भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएसँगै स्वचालित रूपमा सार्वजनिक सवारीसाधनको भाडा समायोजन हुने व्यवस्था लागू भएको छ । सोही कारण गत शनिबार भएको इन्धनको मूल्यवृद्धिलाई आधार मानेर भाडावृद्धिको निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भएर राष्ट्रिय रुटमा सञ्चालित सार्वजनिक सवारीसाधनमा लागू हुनेछ । यो केन्द्र सरकारको यातायात व्यवस्था विभागले गरेको निर्णय हो । यसैका आधारमा प्रदेश सरकारले पनि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने विज्ञप्तिमा उल्लेख छ । विभागका अनुसार भाडावृद्धि यात्रुवाहक सवारीसाधनको हकमा तीन दशमलव ५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा चार दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा विभागले वैज्ञानिक भाडादर समायोजन प्रणालीअनुसार अन्तरप्रदेशको भाडा समायोजन गर्छ । यसअघि २० चैतदेखि लागू हुने गरी यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडावृद्धि गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]