
मदन भण्डारी राजमाग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका ६ मा रहेको वैजनाथ खोला पुल खण्डमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायका अनुसार गएराती गयराति भएको कार दुर्घटनामा विराटनगर महानगरपालिका–५ चादनीचोक बस्ने ३४ वर्षीय डेविट भनिने देबेन्द्र चापागाईको मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।
आर्चायले घाइते हुने सबै विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय बिशाल राय, २३ वर्षीय सुजन खतिवडा, वर्ष २७ का सागर घिमिरे, ३५ का सुरज पौडेल रहेको जानकारी दिए । उनले घाइते सबैलाई उपचारको लागि विराटनगर पठाइएको पनि बताएका छन् । मदन भण्डारी राजमार्गहुँदै विराटनगर जानेक्रममा बा०२५च ७८१९ नम्वरको कार अनियन्त्रित भई सडकबाट १० ÷१५ मिटर तल खसी दुर्घटनामा परेको थियो ।