२५ माघ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ ०३, २०७९

कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ । २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।

रिपोर्टलाई विश्वास गर्ने हो भने उनले आफ्नो शल्यक्रियाबारे आमा–बुवालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् ।

शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो । नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे ।

चेतनाको मृत्युबारे उनका ठूलोबुवाले जानकारी दिएका छन् । नायिकाका ठूलोबुवा राजप्पाले भने, ‘उनी मेरा भाइकी छोरी थिइन् । उनी कन्नड टेलिसिरियलमा काम गर्थिन् । कसैले उनलाई उनी मोटी देखिएको र तौल कम गर्नुपर्ने भनिदिएछ त्यसैले उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगिन् ।’

उनी थप्छिन्, ‘अस्पतालमा आइसीयू थिएन र शल्यक्रिया भइसकेको थियो । शल्यक्रियापछि उनको फोक्सोमा पानी जम्मा हुन थाल्यो । त्यसपछि उनले चेतनालाई नजिकैको अर्को अस्पतालमा सारे । तर अस्पताल पुग्ने बित्तिकै डाक्टरले चेतनालाई मृत घोषणा गरिदिए ।’

चेतनाको कुरा गर्ने हो भने कन्नड टिभी इन्डष्ट्रिका एक चर्चित नायिका थिइन् । उनले थुप्रै टिभी शोमा काम गरेर आफ्नो विशेष पहिचान बनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]