२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०२, २०७९
Sorry No Photo is selected hare

आफ्ना कार्यकर्ता कुटिएपछि माओवादीलाई कांग्रेसको चेतावनी : यस्ता गतिविधि फेरि नदोहोर्‍याउनु
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादीले आफ्ना कार्यकर्तामाथि गरेको कुटपिटको भर्त्सना गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रका नेतालाई कांग्रेसले सचेतसमेत गरेको छ।

‘नुवाकोटको पञ्चकन्या गाउँपालिकाको मतगणना स्थल घलेभञ्ज्याङमा मतगणनाका क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पदका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) को नेतृत्वको समूहले नेपाली कांग्रेसका क्षेत्रीय सचिव जगदीश कुइकेल, जगदीश फुयाल, सुवर्ण तामाङ्ग, राजन पाण्डे, सुजन थापा, सुशील थापा, निरज भण्डारी, विजय थापा, प्रभास सुवेदी लगायत दर्जनौं कार्यकर्ताहरुमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘
उक्त घटनाको नेपाली कांग्रेस भर्त्सना गर्दछ। यस्ता गतिविधि पुनः नदोहोर्‍याउन चेतावनी दिंदै घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न र घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’

कांग्रेसले घाइतेहरुको स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]