२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०१, २०७९

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–५, ताँहुमा शनिबार अपरान्ह मतगणना सकिएर जोड्ने क्रममा ७४ मत फर्जी भेटिएपछि बढेको विवादले गर्दा आइतबार दिउँसोसम्म मतगणना कार्य अघि बढ्न सकेको छैन ।

नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, मंगलोल नेशनल अर्गनाइजेसन पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर मतगणना कार्यमा संलग्न कर्मचारीहरुलाई नियमानुसार विभागीय कारबाही तथा पुनः मतदानका लागि माग गरेका छन् ।

निर्वाचन अधिकृत कार्यालय रम्भाले सार्वजनिक गरेको नतिजाप्रति पनि उनीहरुले असहमति रहेको जनाएका छन् । दलहरुले मतगणना कार्यमा आवश्यक सीसीटीभी व्यवस्था नगरेका, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिलाई सहभागी नगराइएको, आवश्यक विजुली बत्ती व्यवस्था नगरेको आरोप लगाएका छन् ।

साथै दलका भातृसंघसंगठनमा रहेका गाउँपालिकामा कार्यरत कर्मचारीहरुको प्रयोग गरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरुलाई प्रवेश दिइएको, मतपेटिका अँध्यारो तथा अन्य सामग्री भएका स्थानमा राखिएकाो जनाएका छन् ।

रम्भा गाउँपालिकामा खटिएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले सर्वदलीय बैठक बसेर समस्याको समाधान निकाल्ने प्रयास भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]