११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २९, २०७९

सुनसरी — जिल्ला प्रशासन कार्यालयले सुनसरीका विभिन्न स्थानीय तहमा घरबाहिर ननिस्कन भन्दै निषेधाज्ञा जारी गरेको छ । निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासनले जनाएको छ ।

स्थानीय तहको चुनाव हुनुअघि नै ४८ घण्टे मौन अवधि लागू भए पनि सोही अवधिमा राजनीतिक दलका नेता कार्यकता र उम्मेदवारहरुले राति राति मतदाताहरुलाई प्रभावित बनाउन थालेपछि र दोहोरो झडप हुने सम्भावना बढेकाले निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सुनसरी प्रशासनले स्थानीय तह निर्वाचन सुरु हुनुभन्दा ठीक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । प्रजिअ यादवका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो ।

प्रशासनले भोक्राहा नरसिंह, कोसी, हरिनगर र देवानगञ्ज गाउँपालिका पूर्ण रुपमा निषेध आदेश जारी गरेको छ । यसैगरी दुहबी नगरपालिकाको वडा नं १, ८ र ९, इटहरी उपमहानगरपालिकाको वडा नं ३, इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि निषेध आदेश जारी गरिएको छ ।

प्रजिअ यादवले जारी गरेको आदेशमा भनिएको छ, ‘निषेध अवधिमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन यो आदेश जारि गरिएको छ । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]