२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख २९, २०७९

जनकपुरधाम- मुस्लिम आयोगका अध्यक्ष समीम मिया अन्सारीलाई मतदाता किन्‍न पैसा बाँडेको आरोपमा लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई जिताउन पैसा बाँडेको आरोप लागेका अन्सारीलाई बिहीबार बिहान करिब साढे ११ बजेतिर जनकपुरधामस्थित होटल सीताशरणको रुम नम्बर ३०५ बाट प्रहरीले नियन्त्रणमा लिएको हो । साहले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्‍मेदवारी दिएका थिए ।

दुई/तीनदेखि अध्यक्ष अन्सारी ती होटलमा बस्दै आएका थिए । अन्सारीले मतदाता किन्न पैसा बाँडिरहेको भन्दै एमाले समर्थकहरूले होटल सीताशरण घेराउ गरेका थिए । एमाले समर्थकले होटल घेराउ गरेपछि अप्रिय घटना हुन सक्ने सम्भावना हुँदा नेपाल तथा सशस्त्र प्रहरीको कडा सुरक्षा लगाइएको थियो ।

कडा सुरक्षाकै बीच एमाले समर्थकहरुले हो हल्ला गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरी टोलीले बिना कुनै जाँच गरी अध्यक्ष अन्सारीलाई नियन्त्रणमा सकुशल उद्धार गर्दै विमानस्थल पुर्याएको छ । अध्यक्ष अन्सारीलाई उद्धार गर्ने क्रममा एमाले समर्थकहरुले अन्सारी बसेको प्रहरी गाडीमा आक्रमण गर्न थालेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । सो क्रममा एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई नियन्त्रणमा समेत लिएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले एमाले पक्षका केही व्यक्तिले अध्यक्ष अन्सारी मतदाता किन्न पैसा बाँडिरहेको छ भन्दै होटल घेराउ गरेको बताए। अप्रिय घटना हुन सक्ने दृष्टिगत गर्दै उनलाई सुरक्षा दिएर सकुशल उद्धार गरी विमान स्थलसम्म पुर्याइएको उनकाे भनाइ छ ।

अध्यक्ष अन्सारी विशेष कामले जनकपुरधाम आएकाे र त्यसक्रममा एमाले निकट प्रदेश सभा सदस्यहरुसँग भेटघाट गरेको बुझिएकाे उनले बताए । १५-२० जनासँग उहाँ ती होटलमा खाने क्रममा एमालेका एक पक्षले पैसा बांडिरहेको अफवाह फैलाएर होटल घेराउ गरेको उनकाे भनाइ छ। आरोप बारे अध्यक्ष अन्सारीको खानतलासी किन गरिएन बारे प्रवक्ता क्षेत्रीले भने पैसा बाँडेको लिने र दिने एकजना पनि फेला नपरेको उनले सुनाए । संवैधानिक आयोगका अध्यक्षलाई खानतलासी गर्ने अधिकार हामीसँग नभएकाे र रंगेहात पक्राउ परेको खण्डमा मात्रै केही गर्न सक्ने तर हल्लाकै भरमा खानतलासी गर्न नमिल्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]