
सुर्खेत -सुर्खेतमा पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेका उम्मेदवार पक्राउ परेका छन् । मतदाताहरूलाई पैसा बाँड्दै गरेको अवस्थामा एमाले वडाध्यक्षका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको हो ।
वडाध्यक्षका उम्मेदवार राजन विसीलाई सुर्खेतको गुर्भाकोट नगरपालिका ११ मा बुधवार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो । विसीले पक्राउ पर्नु अघि केही घरमा पैसा बाँडिसकेका थिए ।
उम्मेदवार विसी १ लाख १२ हजार रुपैयाँ नगदसहित पक्राउ परेको सुर्खेत प्रहरीले जनाएको छ । उम्मेदवार विसीलाई बुधवार प्रहरी चौकी मेहलकुनामा राखिएको थियो भने अहिले प्रहरीले निर्वाचन कार्यालयको जिम्मा लगाएको छ ।