०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख २८, २०७९

 

निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सिमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न भने दिइने छ । यस्तै ३० गते निर्वाचनको दिन भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ । ‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरी नाका ७२ घण्टा बन्द रहन्छ,’ प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीले भने, ‘अति आवश्यक काम परेकाहरू भारत जान पाउँछन्, तर नेपाल आउन पाउँदैनन् ।’ ०७४ सालमा जस्तो प्रदेश १ मा सुरक्षा चुनौती नरहेको पनि उनले बताए ।

स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरण एवं सेवन निषेध गरेको छ । मंगलबार राति १२ बजेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि मोरङभर मादक पदार्थको ओसारप्रसार, बिक्री वितरण र सेवन कार्य निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ । ‘आदेश बर्खिलाप भएको पाइए कानुन बमोजिम कारबाही हुनेछ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जारी गरेको सूचनामा उल्लेख छ ।

मोरङका १७ वटै स्थानीय तहमा विभिन्न पदमा कूल चार हजार ३४६ जनाले उम्मेदवारी दिएका छन् । जसमा पालिका प्रमुखमा ७४, उपप्रमुखमा ७०, गाउँपालिका अध्यक्षमा ६०, उपाध्यक्षमा ४८, वडाध्यक्षमा ९६२, सदस्यमा एक हजार ६४०, महिला सदस्यमा ७७० र दलित महिला सदस्यमा ७२२ जनाको उम्मेदवारी परेको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोरङमा दर्ता भएका कूल राजनीतिक दलको सङ्ख्या ३९ छन् । तर, उम्मेदवारी फिर्तालगायतका कारण हाल निर्वाचनमा २२ वटा दल सहभागी छन् । मोरङमा कूल मतदाता सङ्ख्या सात लाख १५ हजार २२३ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]