२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २७, २०७९

जनकपुरधाम – जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरसहित १५ जनालाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निकाला गरेको छ ।

कर्जन्हा नगरपालिकामा माओवादीले निवर्तमान मेयर गंगा पासवानलाई पुनः मेयर उम्मेदवार बनाएपछि माओवादीका युगेश्वरप्रसाद राउतले बागी उम्मेदवारी दिएका थिए । उनै बागी उम्मेदवार राउतलाई सहयोग गरेको भन्दै माओवादी मधेस प्रदेश कमिटीले जिल्ला समन्वय समितिका सभापति ठाकुरसहितलाई कारबाही गरेको हाे ।

माओवादी मधेस प्रदेश इन्चार्ज गणेश साहले जारी गरेको विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र उनलाई सहयोग गरेकाहरुलाई कारबाही गरिएको उल्लेख छ ।

जिल्ला समन्वय समितिका सभापति ठाकुर, मेयरका बागी उम्मेदवार राउत, रामअवतार राई, शक्ति लामा, दिलीप नायक, रामनरेश राउत, जयराम साह, रामभरोस यादव, ओमप्रकाश महतो, केदार कोइराला, शुभनारायण महतो, चन्द्रदीप महतो, ललिता लामा, भरत महतो र श्याम लामालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

यसअघि सिराहाको गोलबजार नगरपालिकामा मेयरका बागी उम्मेदवार रामचन्द्र महतो, उपमेयरकी उम्मेदवार बास्ना मोक्तान, वडा नम्बर ६ का अध्यक्ष उम्मेदवार कमल स्याङ्वो, प्रदेश सदस्य प्रवेश लामासहित ६ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी माओवादीले कारबाही गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]