
काठमाडौं – धनुषाको लक्ष्मीनिया गाउँपालिका–४, सपहीमा टेम्पो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।
टेम्पोमा सवार लक्ष्मीनिया गाउँपालिका–१ की आठ वर्षीया जुलीकुमारी साहको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा लक्ष्मीनियास्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
घाइते भएका तीनैजनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ज१ह ४८८३ नम्बरको टेम्पो हिजो दिउँसो करिब ३ बजे अनियन्त्रित भई पल्टिएको थियो । सामान्य घाइते भएका टेम्पो चालकलाई उपचारपश्चात् इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।