
आज (सोमबार) पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखानले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसारदिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि अपराह्नपछि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् हीरा भट्टराईले जानकारी दिए।
यस्तै राति पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छः प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।