०७ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका विभिन्न स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको जनाएको छ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार धनुषा र रुकुम पश्चिममा राप्रपा कार्यकर्तामाथि आक्रमण भएको हो।

धनुषाको सबैला नगरपालिका-४ मा राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि एमाले कार्यकर्ताले आक्रमण गरेको उनले बताएका छन्।घरदैलो गरिरहेका बेलामियामाथि एमाले कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए। तर मियाले पछि नहट्ने अडान लिएपछि उनी र उनको ७ जना परिवारका सदस्यमाथि आक्रमण भएको श्रेष्ठले बताए।राप्रपाले घटनामा संलग्नलाई पक्राउ गर्न र घाइतेको उपचारको व्यवस्था मिलाउन माग गरेको छ।

यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा राप्रपाबाट वडाअध्यक्ष पदका उमेदवार लिलिवीर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर आक्रमण गरेको उनले बताए।त्यहाँ झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरिएको घटना भएको श्रेष्ठले बताए।राप्रपाले आफ्नो चुनावी प्रतिबद्धतासहित घरदैलोमा पुगिरहेका राप्रपाका उम्मेदवारमाथिको आक्रमणले लोकतान्त्रिक अधिकारको उपहास भएको जनाएको छ।राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ।A

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]