२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

काठमाडौं – निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छपाएको आयोगले ७७ वटै जिल्लामा मतपत्रको ढुवानी सकिएको बताएको हो । सो निर्वाचनमा देशभर ७८ हजार मतपेटिका प्रयोग हुँदै छ भने निर्वाचनमा देशभर गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७७ वटै जिल्लामा आयोगको केन्द्रीय कार्यालयबाट मतपत्र पठाइएको र धेरैजसो जिल्लाका मतदान अधिकृतले मतपत्रसमेत बुझिसकेको जानकारी दिए ।

‘७७ वटै जिल्लामा मतपत्र पठाउने काम सम्पन्न भइसकेको छ, केही जिल्लाका स्थानीय तहमा मतपत्र ढुवानी गरेर पु¥याउन समय लाग्ने भएकाले मतदान अधिकृतलाई मतपत्र बुझाइसकिएको छ भने सहज ढुवानी गर्न सकिने स्थानीय तहमा २७ गते बेलुकासम्म मतपत्र पु¥याउनेगरी तयारी गरिएको छ,’ प्रमुख आयुक्त थपलियाले  भने ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि नयाँ नेतृत्व चुन्नेगरी हुन लागेको निर्वाचनमा आयोगले देशभर ७८ हजार मतपेटिकालाई तयारी अवस्थामा राखेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि देशभर ७८ हजार मतपेटिका प्रयोग गर्नेगरी आयोगले तयारी अवस्थामा राखेको जानकारी दिए ।

आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाख बढी कर्मचारी निर्वाचनमा खटाइएको छ ।

‘स्थानीय तह निर्वाचनका लागि देशभर गरी २ लाख बढी कर्मचारी खटिएका छन्, आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाख बढी कर्मचारी फिल्डमा खटिसकेका छन्,’ आयोगका प्रवक्ता पौडेलले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]