०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २६, २०७९

नेपालमा आज (सोमबार) कानुन दिवस मनाइँदै छ । प्रत्येक वर्ष वैशाख २६ गते विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिएको छ ।

विक्रम संवत २००९ सालमा नेपालले न्यायलय ऐन जारी गरेको ऐतिहासिक दिनको सम्झनामा कानुन दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले थप जिम्मेवारी बोधका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने विषयलाई जोड दिने गरिएको छ ।

२००७ सालको क्रान्ति सफल भएपछि राणा शासकको हातमा रहेको न्यायलयलाई छाडेर पहिलो पटक स्वतन्त्र न्यायपालिकाको रूपमा केन्द्रीय न्यायलय गठन भएको थियो । यो दिनलाई मुलुकले स्वतन्त्र न्यायालय पाएको दिनका रूपमा पनि लिने गरिन्छ ।

२००९ सालमा ऐतिहासिक न्यायालय ऐन २००८ जारी भएको थियो । उक्त ऐनमा न्यायलयले गरेका आदेश र फैसला अकाट्य एवम् अन्तिम हुने कानुनी व्यवस्था थियो । यो ऐन नै नेपालको स्वतन्त्र न्यायलयको प्रस्थान विन्दु हो ।

यस दिनलाई प्रजातन्त्र र मानव अधिकारको जग बसेको दिनका रूपमा पनि लिने गरिन्छ । अन्यायमा परेका सर्वसाधारणको न्यायिक पहुँचको सुनिश्चितता र न्यायलयप्रतिको सम्मान अभिवृद्धि गर्ने उदेश्यले कानुन दिवस मनाउने गरिन्छ ।

दिवसका दिन मुलुकका तीन तहका न्यायलय जिल्ला, उच्च र सर्वोच्च अदालतमा बिदा दिने गरिएको छ । सर्वोच्च परिषरमा विशेष कार्यक्रमको आयोजना हुन्छ । मुलुकका विभिन्न अदालतले पनि कार्यक्रमहरु गर्ने गरेका छन् । न्याय सम्पादन र विधिको शासन स्थापित गर्ने मुख्य भूमिका न्यायलयको हुन्छ ।

प्रजातान्त्रिक अभ्यासमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राज्य सञ्चालनका मुख्य अङ्गहरु हुन् । राजनीति मुक्त न्यायलय नेपालमा आजको आवश्यकता बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]