२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

सिमकोट – आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा खटिएका ५४ वटा मतदान केन्द्रका कर्मचारीले निर्वाचन कार्यालयबाट सामग्री बुझेका छन्। २७ गते मतदान केन्द्रमा पुग्नुपर्ने भएपछि आइतबार सबै मतदान केन्द्रका कर्मचारीले सामग्री बुझेका हुन्।

निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार आइतबार मात्र बाँकी २० मतदान केन्द्रका कर्मचारीले सामग्री बुझेका छन्। सामग्री बुझेका मध्य नाम्खा, चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका मतदान अधिकृतको टोली पैदल मार्गबाट हिँडिसकेको उनले बताए।

अब सिमकोट नौ र खार्पुनाथ गाउँपालिका पाँच वटा मतदान केन्द्रको टोलीले सामग्री बुझेको र सोमबार मतदान केन्द्रतर्फ लाग्ने उनले बताए।

शनिबार २० वटा टोली मतदात केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदात केन्द्रतर्फ लागेको थियो भने आज बीस वटा टोली लागेको छ।

सिमकोट पैदल तीनदेखि चार दिन लाग्ने कर्मचारी निर्वाचन सम्पन्न गर्न मतदान केन्द्रतर्फ लागेका हुन्। मतदान केन्द्रतर्फ लागेको टोलीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, प्रहरी र म्यादी प्रहरी छन्।

यसअघि मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि आवश्यक ५८ प्रकारका सामग्री बुुझेका थिए।

मुुख्य निर्वाचन अधिकृतको कार्यालयले एउटा मतदान केन्द्रका लागि कर्मचारी र सुरक्षाकर्मी गरि मतदाता संख्याका आधारमा आठदेखि ११ जना खटिएको जनाएको छ।

यसैबीच, एउटा मतदान केन्द्रमा मतदान अधिकृतले आवश्यकताका आधारमा तीन जनासम्म स्थानीय स्वयंसेवक भर्ना गर्न सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसमा स्थानीय महिला पुरुषलाई स्वयंसेवकको रुपमा भर्ना गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]