२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख २५, २०७९

पोखरा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फेरि पनि सत्ता गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन्।

देशमा गणतन्त्रवादी र गणतन्त्रविरोधी गठबन्धन बनेका भन्दै उनले गठबन्धनले चुनाव नजिते देश दुर्घटनामा जाने बताए।

यसअघि उनले भरतपुरमा पनि आफ्नी छोरी तथा भरतपुर महानगरपालिकामा मेयर पद गठबन्धनले हारे देश दुर्घटनामा जाने बताएका थिए। उक्त अभिव्यक्ति उनले पोखरामा पनि दोहोर्‍याए।

सत्ता गठबन्धनले पोखरामा गरेको चुनावी सभामा उनले भने, “गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की होइन, सत्य हो।” देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने उनको भनाइ थियो।

उनले भने, “गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौँ। कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौँ । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दै दुई-दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]